आज:  २०८१ चैत्र ११, मंगलबार | Tue, 25, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

राजस्थान रोयल्स पञ्जाब किंग्समाथि जित निकाल्दै,तालिकाको शीर्ष स्थानमा

एपी खबर २०८१ बैशाख २, आईतबार ( ११ महिना अघि) १९३ पाठक संख्या

सिमरा – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्समाथि तीन विकेटको जित निकालेको छ। राजस्थान ६ खेलमा पाँच जितसहित १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम छ। चार अंक मात्र जोडेको पञ्जाब आठौं स्थानमा छ। टस जितेर सुरुमा फिल्डिङ गरेको राजस्थानलाई पञ्जाब किंग्सले ७ विकेटको क्षतिमा १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य राजस्थानले १ बल बाँकी हुँदा ७ विकेटको क्षतिमा १५२ रन बनाएर पूरा गरेको हो।

 

राजस्थानको जितमा सिम्रन हेटमायर निर्णायक बने। उनले १० बल खेल्दै नटआउट २७ रन बनाए। यशस्वी जैसवाल ३९, तनुस कोटियान २४, रियान पराग २३, कप्तान सञ्जु स्यामसनले १८ रन बनाउँदा रोभम्यान पावेलले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। पञ्जाबका लागि कागिसो रबाडा र स्याम करनले २–२ विकेट हात पारे। अर्शदीप सिंह, लियाम लिभिङस्टोन र हर्षल पटेलले भने समान १–१ विकेट लिए।सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि आशुतोस शर्माले सर्वाधिक ३१ रन बनाए। जितेश शर्मा २९ रनमा आउट हुँदा लियाम लिभिङस्टोनले २१ रन जोडे। ओपनर अथर्व तायडे र जोनी बेयरस्टो समान १५–१५ रनमा आउट भए। पञ्जाबलाई सस्तैमा समेट्न राजस्थानका लागि अभेष खान र केशव महाराजले समान २–२ विकेट हात पारे। युजवेन्द्र चाहल, कुलदीप सेन र ट्रेन्ट बोल्टले १–१ विकेट लिए।

 

प्रतिक्रिया दिनुहोस