आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली घोषणा

एपी खबर २०८१ बैशाख १३, बिहिबार (१ हप्ता अघि) ७७ पाठक संख्या

काठमाण्डाै – वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज रोहित पौडेलेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।टोलीमा कप्तान रोहितसँगै आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अबिनाश बोहरा, विवेक यादव र आकाश चन्द छन् ।

 

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल पर्सि शनिवार हुनेछ । दोस्रो खेल आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ ।

प्रतिक्रिया दिनुहोस