आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश

एपी खबर २०८० चैत्र ३०, शुक्रबार (२ हप्ता अघि) १४१ पाठक संख्या

सिमरा :  मच्छिन्द्र फुटबल क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राती सिमरा रङ्गशालामा भएको पहिलो सेमीफाइनलमा सिराहाको सलहेश युवा क्लबलाई २–० ले पन्छाउँदै मच्छिन्द्र उपाधि भिडन्त पक्का गरेको हो । मच्छिन्द्रले अब उपाधिका लागि शनिबार एपिएफ र पुलिस बिचहुने विभागीय डर्बीको विजेता संग खेल्नेछ ।
मच्छिन्द्रको जितमा विमल घर्ती मगर र देबेन्द्र तामाङले एक–एक गोल गरे ।

 

मच्छिन्द्रले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो । खेलको ३०औं मिनटमा बिमल घर्ती मगरको गोल मार्फत मच्छिन्द्रले अग्रता बनाएको थियो । पेनाल्टी बक्स बाहिरबाट छिरिङ गुरुङले दिएको पासलाई बिमलले सिराहाको बक्स भित्र नियन्त्रणमा लिंदै शानदार गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा देबेन्द्र तामाङले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । अभिषेक गुरुङको कर्नर बलमा देबेन्द्रले हेडिङ मार्फत गोल गरेका थिए । राष्ट्रिय टिमका अनुभवी खेलाडी सहित मैदान उत्रिएको मच्छिन्द्र सामु सिराहाका खेलाडी दबाबमा देखिन्थे । पहिलो हाफमा मच्छिन्द्र विरुद्ध आक्रामक खेल खेले पनि मच्छिन्द्रको अग्रता पछि सिराहाका खेलाडी लयमा देखिएनन् । विमल घर्तीमगर, मनिष डाँगी जस्ता खेलाडी सहितसिमरा रङ्गशालामा उत्रिएको मच्छिन्द्र उच्च मनोबलमा देखिन्थ्यो ।

 

पहिलो हाफमै फराकिलो अग्रता बनाएको मच्छिन्द्रले दोश्रो हाफ पूर्ण नियन्त्रणमा राखेको थियो । सिराहाले दोश्रो हाफमा आकर्षक अवसर बनाउन सकेन । जीतपुरसिमरा गोल्डकपमा पहिलोपटक सहभागि भएको प्रतियो गिताबाट बाहिरिंदा मच्छिन्द्र पहिलोपटक प्रतियोगिताको फाइनल पुगेको हो । खेलको म्यान अफदि म्याच मच्छिन्द्रका विमल घर्तीमगर घोषित भए । शुभारम्भ कलेज म्यान अफ दिम्याचको ट्रफि सहित १० हजार प्राप्त गरे । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोलाप्रसाद अधिकारी र शुभारम्भ कलेजका निर्देशक डा.राहुल झाले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शनिबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबका विच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस