आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्मिथ शीर्ष स्थानमा फर्किए

AuthorAP Khabar२०७६ भाद्र १८, बुधबार (४ साल अघि) ३१४ पाठक संख्या

भाद्र , १८ : अस्ट्रेलियाका स्टार ब्याट्सम्यान स्टिभ स्मिथ आइसिसीले सार्वजनिक गरेको टेस्ट ब्याट्सम्यानतर्फको वरीयतामा शीर्ष स्थानमा फर्किएका छन् । उनी भारतीय कप्तान विराट कोहलीलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिए ।

गोल्डेन डकआउट महँगो
भारतीय कप्तान कोहलीका लागि दोस्रो इनिङको गोल्डेन डकआउट महँगो प¥यो । भारतले २६७ रनले जितेको खेलमा कोहली भने शून्य रनमै आउट भएका थिए । जसले गर्दा उनी १ अंकले पछि पर्दै शीर्ष स्थानबाट दोस्रो स्थानमा झरे ।

सानदार पुनरागमन
एसेजको तेस्रो टेस्ट गुमाएका स्मिथ चौथो टेस्टमा फर्किने भएका छन् । उनले अस्ट्रेलियाविरुद्धको जारी एसेज शृंखलामा तीन इनिङमा ३७० रनको सानदार खेल प्रस्तुत गरेका छन् । ३० वर्षीय स्मिथ दोस्रो टेस्टका दौरान जोफ्रा आर्चरको बलमा चोट बोक्न पुगेपछि उनी तेस्रो टेस्टमा टिममा रहेनन् ।स्मिथ यसअघि डिसेम्बर २०१५ देखि अगस्ट २०१८ सम्म वरीयताको शीर्ष स्थानमा रहेका थिए । तर, दक्षिण अफ्रिकाविरुद्ध बल टेम्परिङमा दोषी ठहरिँदै एक वर्षे प्रतिबन्धका कारण उनी वरीयता गुमाउन पुगेका थिए ।

तर, उनी अस्ट्रेलियाको टेस्ट टिममा जारी सिरिजबाटै फर्किएका हुन् । उनले आफूलाई उत्कृष्ट प्रमाणित गर्दै फर्किएको सिरिजमै आफूलाई शीर्ष स्थानमा उभ्याउन सफल भए । उनको समग्र टेस्ट करिअरको ब्याटिङ औसत ६६ इनिङमा ६३.२४ रहेको छ । जुन अस्ट्रेलियाका लिजेन्डरी ब्याट्सम्यान डोनाल्ड ब्राडम्यानभन्दा केही कम हो । स्मिथ शीर्ष स्थानमा फर्कनु भनेको अस्ट्रेलिया टेस्ट बलिङ र ब्याटिङमा विश्वनम्बर एक राष्ट्र हुनु हो । उसका स्टार पाट कुमिन्स शीर्ष स्थानमा रहेका छन् ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस