आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मेयर कप फुटबल हुने

AuthorAP Khabar२०७६ भाद्र १९, बिहिबार (४ साल अघि) ३३८ पाठक संख्या

भाद्र , १९ : हसन्टार युथ क्लबको आयोजनामा प्रथम मेयर कप फुटबल प्रतियोगिता १ कात्तिकमा हुने भएको छ । प्रतियोगितामा २० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष विश्वकर लामाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । पहिलो हुनेले एक लाख पाँच हजार तथा दोस्रोले ५५ हजार रुपैयाँ पाउनेछन् ।

उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही १० हजार रुपैयाँ पाउनेछन् । अनुशासित टोलीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले खेलकुदको विकास र विस्तारका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ९ कात्तिकमा फाइनल हुनेछ ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस