आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लुकाकुका सम्बन्धमा छानबिन हुने

AuthorAP Khabar२०७६ भाद्र १९, बिहिबार (४ साल अघि) ३६८ पाठक संख्या

भाद्र , १९ : गत सोमबार इन्टरमिलानले सिरिए क्लब काग्लिारीसँग प्रतिस्पर्धा गरेको थियो । सो खेलमा इन्टरमिलानले २–१ ले बाजी मार्‍यो । खेलमा निर्णायक गोल रामेलु लुकाकुले गरेका थिए । इन्टरको जितमा निर्णायक गोल गरेपछि लुकाकु रंगभेदबाट बच्न सकेनन् ।

दर्शकले लुकाकुलाई ‘बाँदर’ शब्द प्रयोग गरेर हुटिङ गरेका थिए । यद्यपि, लुकाकुले यस सम्बन्धमा केही पनि प्रतिक्रिया दिएका छैनन् । तर, इन्टरमिलानले बेल्जियम राष्ट्रिय टोलीका स्टार खेलाडीमाथि भएको रंगभेद सम्बन्धमा अनुसन्धान गर्ने भएको छ । घरेलु मैदानमै आफ्नै दर्शकबाट यस किसिमको अपेक्षा नराखेको इन्टरले जनाएको छ ।

गत सिजनमा म्यानचेस्टर युनाइटेडमा रहँदा पनि लुकाकुले यस्तै किसिमको दुव्र्यवहारको सामना गरेका थिए । तर, यसपटक नयाँ क्लबमा सुरुमै दर्शकबाट अपहेलित हुने उनले कल्पनासमेत गरेका थिएनन् । सिरिएले इन्टरमिलानका पदाधिकारीसँग घटनाको विवरण बुझाउन भनेको छ । यसमा इन्टरका समर्थक दोषी देखिएमा समर्थक तथा क्लबसमेत कारबाहीमा पर्न सक्ने एजेन्सीहरूले जनाएका छन् ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस