आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साग तेक्वान्दो खेलाडी छनोट

AuthorAP Khabar२०७६ भाद्र २१, शनिबार (४ साल अघि) ३४६ पाठक संख्या

भाद्र , २१ : नेपालमा आगामी डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तेक्वान्दो खेलाडी छनोट गरिएको छ । नेपाल तेक्वान्दो संघले सागका लागि ३४ खेलाडी छनोट गरेको हो । शुक्रबार अबेर सम्पन्न छनोट प्रतियोगिताबाट पुम्सेमा १८ र क्यारोगीमा १६ गरी ३४ खेलाडी छनोट भएको संघले जनाएको छ ।पुम्सेमा समान ९ पुरुष र महिला तथा क्यारोगीमा समान ८ पुरुष र महिला खेलाडी छनोट भएका छन् । पुम्से महिलातर्फ १८ देखि २३ वर्षमा सीना मादेन, निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना छनोट भएका छन् ।

२४ देखि २९ वर्षसम्म पार्वती गुरुङ, निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई छनोट भए । ३० वर्षमाथि एसियाली पदक विजेता आयशा शाक्य छनोट भईन् । पुरुषतर्फ १८ देखि २४ वर्षमा कृष्ण तामाङ, शिशिर श्रेष्ठ, असिम राउत र दिपेन्द्र गुरुङ छनोट भए । २४ देखि २९ वर्षसम्म कमल श्रेष्ठ, जित बहादुर बोटे र प्रेम बहादुर लिम्बू छनोट भए । ३० वर्षमाथि रेजिन रिमाल र सन्जिव ओझा छनोट भए ।

क्यारोगीमा महिला ४६ केजी मुनि काजल श्रेष्ठ, ४९ केजी मुनि युनिशा राई, ५३ केजीमुनि अस्किता खड्का, ५७ केजी मुनि निमा गुरुङ, ६२ केजि मुनि इन्दिरा बस्नेत, ६७ केजी मुनि संगिता बस्याल, ७३ केजी मुनि अप्सरा कार्की र ७३ केजी माथि निशा रावल छनोट भएका छन् । ७३ केजीमुनि प्रतिस्पर्धा गरेकी एसियाड र सागकी पदक विजेता मनिता शाही छनोट हुन सकिनन् ।

पुरुषतर्फ ५४ केजी मुनि मनोज मल्ल, ५८ केजी मुनि गोविन्द आलेमगर, ६३ केजी मुनि ज्ञानेन्द्र हमाल, ६८ केजी मुनि वीर बहादुर महरा, ७४ केजि मुनि निश्चलमान श्रेष्ठ, ८० केजी मुनि किरण आलेमगर, ८७ केजी मुनि भुपेन श्रेष्ठ र ८७ केजी माथि सक्षम कार्की छनोट भएका छन् ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस