आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यू–१९ एसियाकप : नेपाल पाँच विकेटले पराजित

AuthorAP Khabar२०७६ भाद्र २१, शनिबार (४ साल अघि) ४२८ पाठक संख्या

भाद्र , २१ : नेपालले एसियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१९ युथ एसियाकप क्रिकेटमा हारबाट यात्रा सुरु गरेको छ । नेपाल शुक्रबार समूहगत चरणको पहिलो खेलमा आयोजक श्रीलंकासँग डकवर्थ लेविस नियमका आधारमा पाँच विकेटले पराजित भयो । चार टोली रहेको समूह एमा नेपाल तेस्रो स्थानमा रहेको छ । बंगलादेश समूह एको शीर्ष र श्रीलंका दोस्रो स्थानमा छन् । अर्काे खेलमा बंगलादेशले संयुक्त अरब इमिरेट्स (युएई)लाई ६ विकेटले पराजित गरेको हो ।

रीत र रोहितबीच ९१ रनको साझेदारी
कोलम्बोस्थित प्रेमदाशा रंगशालामा खराब मौसमका कारण ४२ ओभरको खेल मात्र सम्भव भयो । पहिलो ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाएर एक सय ५९ रनको योगफल प्रस्तुत गरेको थियो । ओपनर ब्याट्सम्यान रीत गौतमले सर्वाधिक ५४ रनको अर्धशतकीय योगदान दिए । टेस्ट मान्यताप्राप्त राष्ट्रको युवा टोलीविरुद्ध नेपालका लागि अन्य कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । रीतले तेस्रो विकेटका लागि कप्तान रोहितसँग ९१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कप्तान रोहित ४७ रनमा आउट भए । रासिद खान १५ रनमा अविजित रहँदा हरिबहादुर चौहानले १२ रन जोडे ।

श्रीलंका सबै क्षेत्रमा अगाडि
श्रीलंकाको युवा टोलीले नेपालविरुद्ध बलिङ, ब्याटिङ र फिल्डिङ सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्‍यो । श्रीलंकाका लागि प्रारम्भिक ब्याट्सम्यान कमिल मिसराले ५५ रनको अर्धशतकीय योगदान दिए । अहन विक्रमसिघेले ३०, अभिस्का थरिन्दुले अविजित २५ र कप्तान निपुन पेरेराले १८ रन जोडे । यता रासिद खानले अलराउन्ड प्रदर्शन गर्दै नेपाललाई जित दिलाउने प्रयास गरेका थिए । तर, उनको प्रयास सफल भएन । ब्याटिङतर्फ अविजित १५ रन बनाएका उनले बलिङतर्फ दुई विकेट लिए ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस