आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बन्द भएका १ सय ९५ कम्पनीमा प्राधिकरणको ६५ करोड बक्यौता

AuthorAP Khabar२०७६ आश्विन ७, मंगलबार (४ साल अघि) ३९२ पाठक संख्या

असोज , ७ : नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने १ सय ९५ कम्पनीको नाम सार्वजनिक गरेको छ । हाल बन्द भइसकेका वायुसेवा कम्पनी, ट्राभल, टूर तथा विभिन्न कम्पनीबाट बक्यौता रकम उठाउन नसकेपछि प्राधिकरणले रकमसहित सार्वजनिक गरेको हो ।नेपाल नागरिक उड्डयन र अन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालयबाट ६५ करोड ८ लाख ७६ हजार ६ सय ३१ रुपैयाँ ३१ पैसा बराबरको रकम उठाउन बाँकि रहेको छ । ‘मंगलबार सार्वजनिक गरेको बक्यौता बन्द भइसकेका कम्पनीको हो,’ प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने, ‘संचालनमा रहेका वायुसेवा कम्पनी, अन्य कम्पनी र सरकारी एजेन्सीको बक्यौता भने यहाँ उल्लेख गरिएको छैन ।’

प्राधिकरणका अनुसार सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र रकम बुझाउन कम्पनीहरुलाई समय तोकिएको छ । तोकिएको समयमा पनि बक्यौता नतिरे कानून अनुसार कारवाही प्रक्रिया थाल्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

विगतमा सञ्चालनमा रहे पनि अहिले बन्द भइसकेका वायुसेवा कम्पनीको बक्यौता बढी देखिएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी एयर एसियाको बक्यौता छ । नेपाल उडान रद्द गरिसकेको यो कम्पनीले कूल १८ करोड ९४ लाख २१ हजार ४ सय ५७ रुपैयाँ प्राधिकरणलाई तिरेको छैन ।

कम्पनीहरुको बक्यौता सुची यसप्रकार छः

एयर एसियाः १८ करोड ९४ लाख २१ हजार ४ सय ५७

एयर डाइनेस्टी ः ४ लाख १८ हजार ३ सय ९७

अग्नी एयर ः १ लाख ११ हजार १ सय ९५

एयर काष्ठमण्डप ः १४ हजार ५ सय ७३,

एयर नेपाल ः ७८ हजार ८ सय ९७,

एयर सहारा जेट ः ३४ लाख ७८ हजार १ सय २६

अल्फाइन एयर ः ७२ हजार ७ सय २८

अल्टिच्यूड एयरः ३ लाख ७६ हजार ९ सय २५

फिस्टेल एयर ः २७ लाख ३१ हजार ६ सय ६२

गरुण एयर ः २७ हजार ४ सय ४० रुपैयाँ

जीएमजी एयरलाइन्स ः १ लाख ५९ हजार १ सय १ रुपैयाँ

गोर्खा एयरलाइन्स ः ले १९ लाख ११ हजार १ रुपैयाँ

गोर्खा हेलि हेन्स ः ३८ हजार ९ सय १० रुपैयाँ

हेलि एयरल नेपालः ४ लाख ६४ हजार ४ सय १२

जेट एयरवेज ः ३ करोड ५५ लाख ७२ हजार ६ सय ४३

कर्णाली एयर ः १७ लाख २४ हजार ३ सय ७२

लुफ्थान्सा एयरलाइन्स ः १० लाख ६३ हजार ६ सय ४४

लुम्बिनी एयरवेजः २५ लाख ८२ हजार ३ सय ४

मनकामना एयरः ९ हजार १ सय ४३

नेकोन एयरः ४ करोड ७२ लाख ५८ हजार ३ सय ४३

प्रभू हेलिकोप्टर ः ७ लाख २८ हजार ६ सय २६

राक एयरवेज ः १ लाख ८३ हजार ७ सय ७२

रिजेन्ट एयरवेज ः ६ लाख ६० हजार

सांग्रीला एयर, सिभानी एयर, स्काइलाइन एयरवेज, तुई एयरलाइन्स, यूनाइटेड एयरवेजलगायतले पनि प्राधिकरणको बक्यौता नतिरेको सूचिमा उल्लेख छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस