आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यसरी चोरी भयो कृषि विकास बैङ्कबाट डेढ करोड

AuthorAP Khabar२०७६ आश्विन ८, बुधबार (४ साल अघि) ३६३ पाठक संख्या

असोज , ८ : कृषि विकास बैङ्कबाट अनाधिकृत रुपमा डेढ करोडभन्दा बढी रकम झिकिएको घटना सार्वजनिक भएको छ ।नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार प्रारम्भिक अनुसन्धानमा बैङ्क १ करोड ५६ लाख देखिएको छ । उनले भने, ‘बाँकी अनुसन्धानमै छौँ ।’

यसअघि चिनियाँ ह्याकरहरुले एटीएम ह्याक गरेर करोडौँ रुपैयाँ निकालेकोमा कृषि विकास बैङ्कको चोरीमा नौलो शैलीमा रकम चोरी भएको पाइएको भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रले रातोपाटीलाई जानकारी दिए ।उनका अनुसार ब्यालेन्स सिटमा नै हिट गरेर पैसा ट्रान्सफर गरिएको देखिएको छ ।

मिश्रका अनुसार बैङ्कको लाहान लाहान शाखाबाट रकममा गडबडी भएको देखिएको छ । ‘प्रोफिट डेविड गरेर खाता खोलेर विभिन्न खातामा ट्रान्सफर गरेको देखिएको छ,’ उनले भने, ‘रकम बढी नै लगेको छ । नयाँ–नयाँ प्रविधिको चोरी भएको छ । यसबारे पूर्ण विवरण अहिले साढे १० बजे आउँछ ।’
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस