असोज , ८ : सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय वर्ष अघि गरेको नेपाल यात्राका विषयमा पुस्तक प्रकाशन हुने भएको छ ।
अमेरिकी लेखक मनजित सिंहले प्रकाशनमा ल्याउने पुस्तक ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ सिख धर्मका संस्थापक गुरु नानक पातशाहको नेपाल यात्रामा केन्द्रित हुनेछ ।लेखक सिंह अमेरिकाको क्यालिफोर्नियामा रहेको गुरु नानक देव सेवा सोसाइटी इन्टरनेसनलमा कार्यरत छन् ।
करिव पाँच सय वर्ष अघि इस्वी संवत १५१५ देखि १५१६ सम्म सिख गुरु नानक पातशाहले गरेको नेपाल यात्राका बारेमा पुस्तकमा स–विस्तार वर्णन गरिने लेखक मनजित सिंहले बताए । गुरु नानक पातशाहको नेपाल भ्रमणका विषयमा लेखिने ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ पहिलो ऐतिहासिक पुस्तक हुने लेखकले दावी गरेका छन् ।लेखक सिंहका अनुसार तत्कालिन समयमा नेपालमा मल्ल वंशको शासन रहेका बेला गुरु नानक पातशाह तेश्रो यात्राका क्रममा पहिलो पल्ट नेपाल आएका थिए । उनले करिव ११ महिना काठमाडौं लगायतका स्थानमा भ्रमण गरेका थिए ।
मल्ल शासन काल यता करिव पाँच सय वर्षदेखि सिख धर्मावलम्बि र गुरु नानक मठ काठमाडौंसँग स्थापित रहेको नेपाली जनताको सम्बन्धका विषयमा पनि पुस्तकमा वर्णन गरिने लेखकले बताएका छन् ।लेखकले पुस्तक ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ को अन्तर्राष्ट्रिय प्रतिलिपी अधिकार संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेका छन् ।
जनता समाचार ;
प्रतिक्रिया दिनुहोस