आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दशैंका लागि भोलिदेखि नयाँ नोट ,प्रति व्यक्ति १८ हजार ५ सय पाइने

AuthorAP Khabar२०७६ आश्विन ८, बुधबार (४ साल अघि) ५४० पाठक संख्या

असोज , ८ : दशैँको लागि भोलि बिहीबारदेखि नयाँ नोट साट्न पाइने भएको छ । दशैँमा साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत सटहीको सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यलयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाण्डौ उपत्यकामा रहेका बिभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ । बैंकले पाँच, दश, २०, ५० र १०० दरका एकरएक पकेट गरी प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ ।

यो रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस