आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली बजारमा सुनको भाउ निरन्तर बढ्दै

AuthorAP Khabar२०७६ आश्विन ८, बुधबार (४ साल अघि) ३०७ पाठक संख्या

असोज , ८ : नेपाली बजारमा सुनको भाउ निरन्तर बढेको छ । नेपाली बजारमा सुन तोलामा छ सय रुपैयाँले बढेको हो ।मंगलबार एक सय रुपैयाँले बढेर ७१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुन बुधबार छ सयले बढेर ७२ हजार रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार तेजावी सुन प्रतितोला ७१ हजार सात सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।

आज चाँदी तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस