आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सत्तरी दिनमा बजेट खर्च ७ प्रतिशत, राजस्व संकलन १३ प्रतिशत

AuthorAP Khabar२०७६ आश्विन ९, बिहिबार (४ साल अघि) ४३८ पाठक संख्या

असोज , ९ : चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ७० दिन (७ असोजसम्म) को अवधिमा १ खर्ब ६ अर्ब १२ करोड रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ६ दशमलव ९२ प्रतिशत हो । चालू आवको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ छ । विनियोजित बजेट समानुपातिक रूपमा खर्च हुने हो भने प्रत्येक महिना कुल बजेटको ८ प्रतिशतभन्दा बढी हुनुपर्छ । यसअनुसार अहिलेसम्म कम्तीमा पनि १६ प्रतिशत बजेट खर्च भइसक्नुपर्ने थियो । तर, अर्थ मन्त्रालयका अधिकारीहरू भने अहिले तयारीको काम चालिरहेको र दसैँ–तिहारलगत्तै निर्माण थालिने भएकाले खर्चको गति बढ्नेछ ।

चालू आवमा कुल ४ खर्ब ८ अर्ब ५९ लाख बजेटमध्ये ७ असोजसम्म ६ अर्ब २२ करोड ६८ लाख मात्र खर्च भएको छ । यो कुल पुँजीगत बजेटको १ दशमलव ४८ प्रतिशत हो । पुँजीगत बजेट न्यून खर्च हुनुले विकास निर्माणका कामले गति नलिएको देखिएको छ ।

चालू बजेट १० प्रतिशत खर्च
कर्मचारीको तलबभत्तालगायत समेटिएको चालू खर्च भने १० दशमलव ३० प्रतिशत पुगेको छ । कुल ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख चालू बजेटमध्ये ७ असोजसम्ममा ९८ अर्ब ६० करोड २७ लाख खर्च भएको छ । दसैँ–तिहारलगायतका चाडपर्व नजिक आएसँगै चालू खर्चमा दोब्बर वृद्धि भएको छ । भदौ महिनासम्म चालू खर्च ५३ अर्ब ६६ लाख २८ हजार थियो । तर, पछिल्लो एक हप्तामा त्यसको दोब्बर खर्च भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म १ खर्ब ५२ अर्ब ४७ करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो कुल लक्ष्यको १३ दशमलव ७१ प्रतिशत हो । चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य छ । संकलित राजस्वमध्ये १ खर्ब ४२ अर्ब ५९ करोड ६७ लाख रुपैयाँ मूल्य अभिवृद्धि करमार्फत संकलन भएको हो । बाँकी ९ अर्ब ८७ करोड ४५ लाख भने गैरकर राजस्वमार्फत संकलन भएको हो ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस