आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पहिलोपटक दुर्गमको अग्र्यानिक स्याउ शहरतिर लगियाे

AuthorAP Khabar२०७६ आश्विन ९, बिहिबार (४ साल अघि) ३३१ पाठक संख्या

असोज , ९ : ‘ कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतीले बताउनुभयो ‘ कि किसानका स्याउ बारीमै कुहिने अवस्थामा भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ६०० क्विन्टल ढुवानी अनुदानमार्फत बजारसम्म पुर्याउन शुरु गरेको हो ।
सहकारी संस्थामार्फत बारीबाट बजारसम्म स्याउ ढुवानी हुन थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । ढुवानीको जिम्मा सहकारी संस्थाले लिएको नवजीवन सहकारी संस्थाका अध्यक्ष महेश शाहीले बताउनुभयो ।

पहिलोपटक काठमाडौँमा १०० क्विन्टल र धनगढीमा ६० क्विन्टल लगिएको छ । बाँकी मार्तडी, कोल्टीलगायतका बजार पुर्याइने भएको छ । ढुवानी अनुदान पाएको सहकारी संस्थाले नै खरीददेखि बिक्री गर्ने भएको छ । सहकारीले पूर्वउत्तरी क्षेत्र स्वामीकार्तिक खापर गाउँपालिकाबाट ए ग्रेडको प्रतिकेजी रु २५, बी ग्रेडको रु २० र सी ग्रेडको रु १५ प्रतिकेजीका दरले खरीद गर्ने गरेको छ ।बारीमा स्याउ टन्न फलेको छ, बजार टाढा छ । बारीमा कुहिने अवस्था थियो, तर थोरै भए पनि सरकारले यस वर्ष ढुवानी अनुदान दिएपछि पहिलोपटक बाजुराको स्याउ जिल्ला बाहिर जाँदा निकै खुशी भएको स्थानीयवासी शिक्षक गोविन्दबहादुर शाहीले खुशी व्यक्त गर्नुभयो ।

स्याउको मुख्य भण्डारका रुपमा चिनिँदै आएको जिल्लाका पाण्डुसैन, कोल्टी, जुकोट, जगग्ननाथ, कोटिलालगायतका ठाउँमा स्याउ राम्रोसँग फलेको छ । जसरी स्याउ फले पनि त्यसरी बजार भने पाउन नसकेको किसानले दुःखेसो पोखेका छन् । स्याउकै हाँगा भाँच्चिने गरी फल लागेको भए पनि बिक्री नहुँदा स्याउ किसान भैँसीलाई कुँडो खुवाउन बाध्य हुने गरेको जुकोटका उत्तम शाहीको भनाइ छ । यस वर्ष भने थोरै भए पनि आफ्नै बारीबाट स्याउ ढुवानी भएपछि किसानलाई राहत भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

बाजुरामा हाल २३० हेक्टर क्षेत्रफलमा स्याउ लगाएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्क छ । जिल्लामा स्याउ एक हजार ५० मेट्रिक टन उत्पादन हुने कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताउनुभयो । यो वर्ष जिल्लामा स्याउ उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।यो क्षेत्रमा खाद्यान्न सङ्कट हुने गरेको छ । वर्षभरि काम गरेर खेतको उत्पादनले तीन महीना पनि खान पुग्दैन, बाँकी समय बाहिरको खाद्यान्नमाथि निर्भर बन्नुपर्ने बाध्यता रहेको छ । गाउँसम्म सडकको पहुँच नभएकाले बाजुराका स्याले बजार पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस