आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अयोध्याको भूमि हिन्दूलाई दिने फैसला

AuthorAP Khabar२०७६ कार्तिक २३, शनिबार (४ साल अघि) ३१० पाठक संख्या

कार्तिक २३

अयोध्याको विवादित बाबरी–रामजन्मभूमि प्रकरणमा भारतको सर्वोच्च अदालतले फैसला सुनाएको छ ।अदालतका मुख्य न्यायाधीश रन्जन गोगोइको अध्यक्षतामा बनेको पाँच सदस्यीय न्यायिक बेन्चले उक्त फैसला सुनाएको हो । विवादित अयोध्याको २.७७ एकड जमिन हिन्दू पक्षलाई मन्दिर बनाउन दिने सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको जनाइएको छ ।

त्यस्तै मुसलमान समुदायले चाहेमा मस्जिद बनाउनको अलगै ठाउँमा ५ एकड जमिन दिने निर्णय समेत अदालतले गरेको बताइएको छ । अएसआईले गरेको अनुसन्धानमा मस्जिद अन्य संरचना भत्काएर बनाइएको देखिए पनि त्यो मन्दिर रहे–नरहेको पुष्टि गर्न नसकिने बताएको छ ।

हिन्दूहरुले अयोध्यालाई जन्मभूमि मान्ने गरेको पनि अदालतले स्वीकार गर्दै विगतमा कुनै संरचना भएकै आधारमा उक्त स्थान सोही संरचना बाहकको नहुने अदालतले टिप्पणी गरेको छ ।

अदालतको संकेत ती मुसलमान समूहप्रति थियो जसले बाबरी मस्जिद रहेको स्थानको विवाद आस्थाको नभएर जग्गाको स्वामित्वसम्बन्धी विवाद रहेको बताउँदै आएको थियो । तर निर्णयमा विवादित क्षेत्र हिन्दू र मुसलमानले आस्थाको रुपमा रहेको पनि देखिएको पनि उल्लेख गरेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस