एपि खबर डेस्क ।
जितपुर पौष १२ ।
दिनानुदिन मधेशमा बढीरहेको शितलहर र चिसो को कारणले गर्दा बालबालिकामा परि रहेको असरलाई ख्याल गर्दै बारा जिल्लाको परवानिपुर गाउँ पालिका वडा न २ को ५० जना बालबलिका लाई न्यानो कपडा बितरण गरिएको छ।
परवानिपुर नेकपा गाउँ कमिटि आयोजनामा र नेकपाको युवा नेता उमेश कुशवाहाको सानो सयोगमा ५० जना बालबालिकालाई न्यानो कपडा बितरन गरिएको छ।
उक्त न्यानो कपडा बितरन कार्यक्रमकोअध्यक्षता रामदेयाल भर राय प्रमुख अतिथिमा क. देवनराय चौधरी बिशेष अतिथिमा क. उमेश कुशवाहा अतिथि क. अमर यादव , अक्षय कुमार ओझा , क. सुरेस कुमार यादव क. प्रदिप कुमार साह क. सतोष कुमार साह , क. मनोज कुमार क . प्रभु प्रसाद यादव साह , लगाएत दर्जनौ कार्यकर्ताहरुको उपस्तिथिमा चिसो बाट बच्नको लागि न्यानो कपडा बितरन गरिएको छ।
प्रतिक्रिया दिनुहोस