पौष १४ काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । वास्तबमा त्यो म्यासेज तपाईको साथीले पठाएको होइन । उसले त्यो म्यासेज खोलेको मात्र हो, त्यो पनि झुक्किएर । अर्थात थाहा नपाएर ।
तपाईंको फेसबुक म्यासेन्जरमा पनि साथीको सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला । साबधान ! यो म्यासेज नभई भाइरस भएको फेसबुकले जनाएको छ ।
झट्ट हेर्दा शुभकामना जस्तो देखिने यस्तो म्यासेज भाइरस भएको फेसबुकले जनाएको हो । नयाँ वर्षको शुभकामना जस्तो देखिने यस्तो म्यासेज अहिले हरेकको म्यासेन्जरमा आइरहेको छ ।
‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भनेर लेखिएको उक्त म्यासेज तपाईंले खोल्नेबित्तिकै तपाईंका सबै साथीलाई अटो रुपमा जानेछ । तपाइको साथीले पनि उक्त म्यासजे खोल्दा उनका अरु साथीहरुलाई जाने पक्का छ । त्यसैले यो म्यासेजले अहिले सामाजिक सञ्जालमा आतंक नै मच्चाएको छ ।
प्रतिक्रिया दिनुहोस