माघ १७ काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय कैलालीले जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ६ जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका -३ मा रहेको तिलक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी जनाएकाे छ ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले २२ लाख ८२ हजार रुपैयाँ बरामद गरेको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस