माघ २४ काठमाडौं ।
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्यसविरुद्ध प्रदर्शन गरेको छ ।
यद्यपि नेविसंघका नेताहरुल गच्छदारलाई जोगाउन नभएर अख्तियारको कसैलाई काखा कसैलाई पाखा गर्ने निर्णयको विरोधमा प्रदर्शन भएको बताएका छन् ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अख्तियार टंगाल बस्नु जरुरी नभएको भन्दै बालुवाटरबाटै चलाउन आग्रह गर्नुभयो । कानुन धनि गरिब सबैलाई बराबर हुने भएपनि त्यसो हुन नसकेको भन्दै उहाँले ‘अख्तियारलाई बालुवाटारमा राखेर भातृ संगठन जस्तो बनाए हुन्छ’, भन्नुभयो ।
आफूहरु गच्छदारलाई बचाउन नआएको उल्लेख गर्नुभयो । मन्त्रिपरिषद् निर्णय गर्ने कसले ? माधव नेपाललाई कारवाही गर्नुप¥यो’ उहाँले भन्नुभयो, ‘निर्णय गर्ने माधव नेपाल कारबाही भोग्ने गच्छदार ? मुख्य सचिवलाई कारबाही किन नहुने ? जग्गाको लालपूर्जा लिने विष्णु पौडेल र उनका छोरालाई कारवाही नहुने ?’
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले जनतामा देखिएको निराशा चिर्नुको सट्टा प्रधानमन्त्री सरकारी सम्पत्ति व्यापारिक घरानालाई कौडीको मूल्यमा दिने निर्णय गर्दै गएको बताउनुभयो ।
अख्तियारलाई संवैधानिक अंगको रुपमा रहेर काम गर्न सुझाव दिनुहुँदै उहाँले बालुटारको भातृ संगठन बन्न खोजे आन्दोलनको आँधिले बगाउने चेतावनी समेत दिनुभयो ।
‘अख्तियार भनेको संवैधानिक निकाय हो, संवैधानिक निकायले आफ्नो संवैधानिक हैसियत पूरा गर्दैन ?’ उहाँले भन्नुभयो, ‘अख्तियार बालुवाटारको भातृ संस्थाका रुपमा अगाडी बढ्न खोज्यो भने ।
अब आन्दोलनको आँधि शुरु भइसकेको छ । आन्दोलनको आँधीले सरकारलाई मात्रै होइन अख्तियारलाई पनि बगाउँछ ।’
प्रदर्शनमा ‘बालुवाटार जग्गा प्रकरण आफ्नालाई जोगाउने अरुलाई फसाउने, तिलकुमारीर्लाइ जेल विष्णु पौडेललाई माफी, क्याबिनेटको निर्णयमा मन्त्री जवादेही हुन्छ की प्रधानमन्त्री’, लगायतका प्लेकार्डहरु आन्दोलनकारीहरुले बोकेका थिए ।
आइतबार पनि तरुण दलको संयोजकत्वमा माइतीघरमा प्रदर्शन हुने बताइएको छ । नेपाली कांग्रेसले पनि अख्तियारको निर्णय भेदभावपूर्ण भएको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठक समेत अवरुद्ध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस