आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सामा चार जना पत्रकारलाई कोरोना संक्रमण

AuthorAP Khabar२०७७ बैशाख ३०, मंगलबार (३ साल अघि) ४४० पाठक संख्या

बैशाख ३० वीरगञ्ज : पर्सामा चार जना पत्रकारमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण भएको पुष्टि भएको छ ।

आज (मंगलबार) पर्सामा भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको हो ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् ।

वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस