आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने, १५० युनिट खपत गर्नेलाई २५ प्रतिशत छुट हुने

AuthorAP Khabar२०७७ जेष्ठ १६, शुक्रबार (३ साल अघि) ४१३ पाठक संख्या

काठमाडौं : सरकारले न्यूनतम् विद्युत खपत गर्ने ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको छ । त्यस्तै १ सय ५० युनिट खपत गर्नेले २५ प्रतिशत छुट पाउने भएका छन् ।

२ सय ५० युनिट सम्म खपत गर्नेलाई १५ प्रतिशतले महशुल छुट दिने भएको छ । सरकारले खानेपानी र सिंचाई उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत् शुल्क मिनाहा र विद्युत् महशुलमा सहुलियत दिने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७ को बजेट प्रस्तुत गर्दै गरिबलाई विद्युत जडान गर्दा पैसा नलाग्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस