आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनताको चाहना बुझने उमेदवार एमालेले मात्रै दिने भएकाले एमाले गठबन्धनको उमेदवार जिताउन ४(क) प्रदेश सभा सदस्यका उमेदवार चौधरीको आग्रह

प्रिती कुमारी, जीतपुर २०७९ आश्विन २५, मंगलबार (१ साल अघि) ४२४ पाठक संख्या

बारा निर्वाचन क्षेत्र नम्बर ४(क) प्रदेश सभा सदस्यका उमेदवार देवनारायण चौधरीले अबको जनमत नेकपा एमालेको पक्षमा आउने बताउनुभएको छ । एपी खबरसंगको कुराकानि गर्दै उहाँले एमाले जनताको पार्टि भएकाले पनि एमालेको पक्षमा जनमत रहेको बताउनुभएको हो ।

 

अशोज २३ गते बाराको जीतपुरमा रहेको निर्वाचन कार्यालयमा मनोयन पश्चात उहाँले बारा निर्वाचन क्षेत्र भित्र रहेका टोलको नाम समेत जानकारी नभएकाहरु चुनावमा भोटको लागि गाउँ गाउँ पश्न थालेको तर जनताले त्यसतालाई कुनै हालतमा नपत्याउने बताउनुभयो ।

 

नेकपा एमालेले सधै जनताको घरघरमा पुग्ने ब्यक्तिलाई उमेदवार बनाउने गरेको र यसपालि पनि प्रतिनिधी सभामा एकबाल मियाँ, प्रदेश सभामा आफु देवनारायण चौधरीलाई उमेदवार बनाएको बताउनुभएको छ । साथै नेकपा एमालेको चुनाव चिन्ह सुर्य छापमा भोट दिएर सबै उमेदवारलाई जिताउन उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस