आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भिमेश्वर मध्यवर्ती सामुदायिक बन समूहको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ आश्विन २९, शनिबार (१ साल अघि) २३६ पाठक संख्या

भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह पथलैयाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार यस समुहको कार्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

 

बन संरक्षणका साथै बनसंग सम्बन्धित समुदायलाई विभिन्न सिपका माध्यमबाट आत्मनिरभर बनाउने अभियानमा लागेका यस समूहले आफ्ना उल्लेख्य सदस्यहरुको उपस्थितीमा १४ औँ तथा १५ औँ साधारण सभा सम्पन्न गरेको हो ।

 

यस समूहका अध्यक्ष पेशलकुमार मुल्मीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका प्रमुख संरक्षण अधिकृत अशोक रामको प्रमुख अतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा सहयक संरक्षण अधिकृत अमृत भट्ट, जनिहत उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठ, समुहका संस्थापक एवम पुर्व अध्यक्ष रामदास धौजु, जनहित उपभोक्ता समिति सिमराका कोषाध्यक्ष मिठु थिड, जनकल्याण साकोस सिमराका वरिष्ठ उपाध्यक्ष कृष्ण रिमाल, राधाकृष्ण म.सा.बन स.समूह सिमराको अध्यक्ष सत्य ब.श्रेष्ठ, प्रहरी कल्याण कोष पेट्रोल पम्प पथलैयाका प्रतिनिधि मोहन भण्डारी, समुहको सल्लाहकार समितिको संयोजक नवराज भण्डारी, समुहको वन अनुगमन समिति संयोजक कुल बहादुर गुरुङ लगाएतको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा कार्यालयको प्रतिवेदन सचिव सुमन थापा मगरले, आ.व.२०७७/०७८ र आ.व.२०७८/०७९को आर्थिक प्रतिवेदन कोषाध्यक्ष शोभा लामाले प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस