आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा वडा नम्बर २३ भलुहीमा नेकपा एमालको घरदैलो, एमालेलाई मत दिन मतदाता उत्साहीत

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक १४, सोमबार (१ साल अघि) २९३ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीमा नेकपा एमालले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमालेबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभाका उमेदवार एकवाल मियाँ र प्रदेश सभाका उमेदवार देवनारायण चौधरीले संयुक्त रुपमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको हो ।

 

घरदैलोमा नेकपा एमाले समर्थक सायौँ कार्यकर्ता आफै उपस्थित भएका थिए । कृषकका लागि बाँधको ब्यवस्थापन गर्न लगाउने र जनताको प्रत्येक समस्याको जानकारी हुने बितिकै घर मै पुग्ने एकवाल मियाँ र देवनारायण चौधरीलाई जीताउने मतदाताहरुले प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस