आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ब्रह्म कुमारी राजयोग सेवा केन्द्र जीतपुर शाखाद्धारा शुभकामना कार्यक्रम सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ पौष ८, शुक्रबार (१ साल अघि) १५२ पाठक संख्या

ब्रह्म कुमारी राजयोग सेवा केन्द्र जीतपुर शाखाले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । केन्द्रले नवनिर्वाचीत प्रदेश सदस्य देवनारायण चौधरीलाई बधाइई दिदै सफल कार्यकालको शुभकामना दिन यस कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ब्रह्म कुमारी राजयोग सेवा केन्द्र जीतपुर शाखाले मधेस प्रदेशका प्रदेश सभा सदस्य चौधरीलाई फुलमालाका साथै दोसल्ला ओढाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएको छ ।

 

यस केन्द्रको स्थापना कालदेखि नै रचनात्मक भुमिका निर्वाह गर्दै आउनुभएका प्रदेश सभा सदस्य चौधरीको जितका लागि हामि सबैले ईश्वरसंग प्रार्थना गरेको केन्द्रका संचालिका रेनु दिदिले बताउनुभयो । उहाँले ईश्वरका सन्तान हामी सबैको विकासका लागि देवनारायण सरको सकारात्मक भुमिका रहनेमा आफु सबै विश्वस्त रहेको त्यसका लागि उहाँलाई सफल कार्यकालको शुभकामना समेत दिएको जानकारी दिनुभयो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य चौधरीले आफु गाविस अध्यक्ष जीतेको समयमा यस केन्द्रको स्थापनार्थ खेलेको भुमिका स्मरण गर्नुभएको थियो । उहाँले ब्रह्म कुमारी राजयोग सेवा केन्द्र एउटा बैज्ञानिक सिद्धान्तमा अगाडी बढ्ने धार्मीक संस्था भएका कारण यस संस्था प्रति आफ्नो लगाव बढेको समेत सबैमा जानकारी दिनुभएको थियो ।

 

केन्द्रकी संचालिका रेनु दिदिको सभा अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नम्बर ७ का वडा सदस्यद्धय सिता उप्रती, ललिता देवि, स्थानिय समाजसेवि कपिलदेव यादब, आफताब आलम लगाएत स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

संजय भाईजीको सहजीकरणमा सम्पन्न यस कार्यक्रममा श्रवण गुप्ताले अतिथीहरुलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस