आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खेल खेलाउने नाउँमा विद्यार्थीको मनोबल कमजोर पार्ने काम गर्दै लोटस एकेडेमी सिमरा

एपी खबर २०७९ माघ ८, आईतबार (१ साल अघि) २६२ पाठक संख्या

बाराको सिमरामा रहेको लोटस एकेडेमीले खेल खेलाउने नाममा विद्यार्थीको मनोबल कमजोर बनाउने काम गरेको छ । आफ्नो वार्षिक उत्सवको अवसर पारेर विद्यार्थीहरका लागि फुटबल प्रतियोगीता आयोजना गरेको सिमराको लोटस एकेडेमीले खेलमा उपस्थित विद्यार्थी खेलाडीलाई उपस्थित नै नभएको भन्ने भ्रामक हल्ला फिजाएर विद्यार्थीको मनोबल कमजोर पार्ने काम गरेको छ ।

 

माघ ७ गते शनिवारबाट शुरु भएको प्रतियागिताको दोस्रो दिनको पहिलो खेल पाथिभरा स्कुल र डुमरवाना पब्लिक स्कुल बिच रहेको थियो । खेल खेल्न दुबै स्कुल समयमै प्रतियोगिता स्थलमा आएपनि सकल जन्मदर्ता अनिर्वाय भन्दै प्रतियोगताबाट डुमरवाना पब्लिक स्कुलका विद्यार्थीलाई खेल नखेलाउने आयोजकले जनाएपछि त्यहाँका विद्यार्थी खेलाडीहरु निराश बनेर विद्यालय फर्किय ।

 

पछिलो समयमा अनलाई र स्कन कपिको भरमा ठुला ठुला प्रतियोगीता आयोजना भैरहेको यस अवस्थामा आयोजक लोटस एकेडेमी सिमराले सकल जन्मदर्ता नल्याएको भरमा आफुहरुलाई खेल खेल्न नदिएकोले आफुहरु निराश भएको विद्यार्थी खेलाडीहरुको गुनासो रहेको विद्यालयका प्र.अ. दिपक नेपालीले बताउनुभयो ।

 

उहाँले विद्यार्थीलाई खेल खेल्न रोक्ने काम सम्मपनि आफुहरु केहि नबोलेको तर यस विद्यार्थीको मनोबल नै खसकाउने गरी समाजिक संजालमा खेलमा डुमरवाना पब्लिक स्कुलका विद्यार्थीहरु नै उपस्थित नभएको भनेपछि आफ्नो विद्यालयका बालबालिकामा मनोसमाजिक समस्या पर्ने बताउनुभयो ।

खेलमा उपस्थित भएपनि आयोजकले खेल खेल्न नदिएको झुडो अनि भ्रामक कुरा बाहिर ल्याएर विद्यार्थी खेलाडी नै खेलको समयमा नआएको बताएपछि आफ्नो विद्यालय र विद्यार्थी सम्मानमा समेत आचँ आएको प्र.अ. नेपालीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस