आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरपालिका स्तरिय नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठक डुमरवानामा सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ फागुन २१, आईतबार (१ साल अघि) १५७ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका स्तरिय नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठक डुमरवानामा सम्पन्न भएको छ । नेकपा एमाले मिसन ग्रास रुट अभियान अन्तरगत यो भेला आईतवार सम्पन्न भएको हो ।

 

नेकपा एमालेका जनसंगठनहरुलाई ग्रास लेभलबाट नै सक्रिय र संगठित बनाउने उद्धेश्य सहित यो भेला राखिएको कार्यक्रमका प्रमुख अतिथी अरविन्द सिहंले जानकारी दिनुभयो । नेकपा एमालेका केन्द्रिय सदस्य सिहंले एमाले पार्टिलाई मन पराउनेको संख्या बढ्दै गएकाले पार्टिको सुदृढि करण गरी सबै नेता कार्यकर्तालाई पार्टिको मुल बाटोमा ल्याउन यो मिसन ग्रास रुट अभियान संचालन भैरहेको जानकारी दिनुभयो ।

 

उहाँले पार्टिलाई बलियो बनाउन जनसंगठन बलियो हुनुपर्ने कुरामा जोड दिदै नेकपा एमालेका २३ ओटै जनसंगठनलाई सक्रिय गराउने अभियानले पार्टिलाई माया गर्ने सबैले काम गर्ने स्थान आउने दाबी गर्नुभयो ।

 

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका मधेश प्रदेश सदस्य सुन्दर विकले मिसन ग्रास रुट कार्यक्रम गर्न २ महिनाको समय दिएकाले हतार नगरी सबैलाई पार्टिको मुल बाटोमा ल्याउने काममा पार्टि अगाडी बढेको बताउनुभयो । उहाँले पार्टिको मुल बिउ भनेको जनसंगठन भएकाले जनसंगठनलाई सक्रिय बनाउन अति आवश्यक रहेको बताउनुभयो ।

 

जेकपा एमाले निकट वुद्धिजिवी परिषद नेपालका नगर अध्यक्ष विजय शर्माको सभा अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश सदस्य मनोज पौडेल, किशोर शर्मा, चयन गुरुङ्ग, जिल्ला सचिवालय सदस्य सिता सुवेदि, दिनेश्वर ठाकुर, अमृतलाल श्रेष्ठ लगाएको सहागिता रहेको थियो । भने कार्यक्रममा त्रिलोकविक्रम ठकुरीले सहजीकरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस