आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बह्रमकुमारी राजयोग उपसेववा केन्द्र जितपुरद्धारा संस्कार परिवर्तन योग तपस्या भट्ठी सम्पन्न

प्रिती कुमारी, जीतपुर २०८० पौष २८, शनिबार (३ महिना अघि) १२१ पाठक संख्या

बह्रमकुमारी राजयोग उपसेववा केन्द्र जितपुरले शनिवार संस्कार परिवर्तन योग तपस्या भट्ठी सम्पन्न गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर शान्तिटोलमा रहेको यस केन्द्रले विश्व शान्तिको कामना गर्दै शनिवार एक दिने योग तपस्या भट्ठी सम्पन्न गरेको हो ।

कर्यक्रमलाई सम्बोधन विरगंज क्षेत्रकी क्षेत्रीय संचालिका रविना दिदीले अहिलेको अवस्थामा यस संसारमा भएका सबै मानव आत्माहरुमा रोग लागि सकेको बताउदै आत्मा शान्तिको कामन सहित आत्मलाई सफा बनाउन बह्रमकुमारी राजयोग उपसेववा केन्द्र जितपुरले यो तपस्या भट्ठीको आयोजना गरेको जानकारी दिनुभयो ।

यसैगरी मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले सबैको कल्याण हुने कार्यको शुरुवात गरेको प्रति आयोजकलाई धन्यवाद दिनुभएको थियो । उहाँ यस संस्थालाई आवश्यक सहयोग गर्ने विचार हुदाँ पनि कानुनि समसयाका कारण केहि गर्न नसकेको जानकारी दिनुभयो ।

मैया दिदिको सभाअध्यक्षतामा सम्पन्न यस कार्यक्रममा राजययोग प्रशिक्षक गुणराज भाइजी, गोवर्धन चौधरी, बह्रमकुमारी राजयोग उपसेववा केन्द्र जितपुरकी संचालिका रेनु दिदि, पत्रकार अनिल तिवारी लगाएत परमात्मा शिवका सन्तान पवित्र आत्माहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://www.facebook.com/apkhabarnews/posts/pfbid02KJGDroaN7pUyjZMZYv3txza4vfnPjd83QhtSSWNXVgC8Enf9QedJta27hTmY42Yrl

 

प्रतिक्रिया दिनुहोस