आज:  २०८२ बैशाख ५, शुक्रबार | Fri, 18, Apr, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एपी खबर २०८१ बैशाख ९, आईतबार ( १२ महिना अघि) १६७ पाठक संख्या

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

अख्तियारले पौडेलको २३ करोड ७५ लाख बराबरको सम्पत्तिको स्रोत नदेखिएको भन्दै मुद्दा दायर गरेको छ । पौडेललाई अख्तियारले गत माघ १० मा पक्राउ गरेर हिरासतमा राखेको छ । सुनिल पौडेलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो मुद्दा हो । यस अघि गत असोजमा पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको छ । विशेष अदालतले वैशाख २५ मा कसुर निर्धारण गर्न पेशी तोकेको छ ।

 

प्रतिक्रिया दिनुहोस