आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोहिलगत कट्टा गर्न वडाकार्यालयको सिफारीसमा थर नै गायब

सुप्रिया ढकाल २०७८ श्रावण ३०, शनिबार (२ साल अघि) २५५ पाठक संख्या

३० श्रावण, रौतहट । मोहि कट्टाको लागी एक जनाको थर नै गायब गरेर रौतहटको चन्द्रपुर नगरपालिका–४ वडा कार्यालय तथा भूमिसुधार कार्यालयले मनोमानीको चरम पराकाष्ठा देखाएको छ । वडा कार्यालयले गरेको सिफारीसको आधारमा भूमिसुधार तथा मालपोत कार्यालयबाट बखतबहादुर चौहानको थर उल्लेख नभएको भन्दै मोही कट्टाको सिफारिस गरेपछि थर गायब गरेर मोहि कट्टाको निर्णय भएको खुलेको छ । चन्द्रपुर नगरपालिका ४ (साविक चन्द्रनिगाहपुर गाविस–१) स्थित शंकर राय यादवको कित्ता नम्बर १३८५ को १८ धुर जग्गामा मोही बखतबहादुर चौहान रहेकोमा भूमिसुधार तथा मालपोत कार्यालय गौरले थर हटाएर मोही कट्टा गरेको खुलेको हो ।

मोही लगतमा पनि बखतबहादुर चौहान नै उल्लेख छ । तर, वडा कार्यालयले भने उनको कालगतिले २०३२ साल अगावै मृत्यु भइसकेको र परिवारमा श्रीमती, छोरा, नाति र भाइ कोही नातेदार नभएको भनेर भूमिसुधारको नाममा मोही लगत कट्टाको सिफारिस गरेको फेला परेको छ ।

चौहानका परिवारका सदस्यहरू भने अझै जीवितै छन् । वडाकै सिफारिसको भरमा मिलेमतोमा मोही कट्टा भएको बखतबहादुरका नाति कौशल चौहानले आरोप लगाए । ‘वडा अध्यक्षदेखि भूमिसुधारका प्रमुखसमेत मिलेर जिउँदो मानिसलाई कोही नभएको भनेर सिफारिस गरेर मोही लगत कट्टा गर्ने काम भयो,’ उहाले भन्नुभयो, ‘यस्तो विकृतिविरुद्ध अदालत र अख्तियारमा उजुरी गरेको छु ।’

जग्गाधनी शंकरकि श्रीमती माया यादवले वडा कार्यालयमा बेपत्ता मोही कट्टाको निवेदन दिएपछि नाटकीय ढंगले सर्जमिनसमेत गरेको पाइएको छ ।

त्यसपछि ३५ दिनको हकदाबीको सूचना निकालेर सिफारिस दिएको थियो । वडाध्यक्ष अमर आलेले मोहीको नाममा बखतबहादुर मात्र रहेको र थर नभएपछि आफूले सिफारिस गरेको दाबी गरे ।

सूचनामा मोहीसम्बन्धी कुनै प्रतिवाद नगरेको र बादीको दाबीलाई स्वीकार गरी बसेको देखिएको तथा परिवारका सदस्यहरू कोही नभएकाले मोही कट्टा गरिएको भनेर २०७६ भदौ २ गते निर्णय गरेका थिए । भूमिसुधारको निर्णयविरुद्ध पीडित अख्तियार गएका छन् । उक्त जग्गाको मोही कट्टा भएपछि यादवले तत्कालै अरूलाई बिक्री गरिसकेका छन् । भूमिसुधार कार्यालयका प्रमुख रामकृष्ण उप्रेतीले बदरका लागि पीडितले निवेदन दिन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस