आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भोजपुरी गितको सुटिङ्गमा मेयरको सरकारी गाडि

सुप्रिया ढकाल २०७८ श्रावण ३०, शनिबार (२ साल अघि) ४८३ पाठक संख्या

३० श्रावण, रौतहट । एक जना जिम्मेवार जनप्रतिनिधिको गैरजिम्मेवारीपूर्ण गतिविधि सामाजिक सञ्जालमा आएपछि चौतर्फी आलोचना सुरु भएको छ ।

 

भोजपुरी गितको म्युजिक भिडियोमा रमाउदै गर्नुभएका रौतहटको देवाहि–गोनाहि नगरपालीकाका मेयर धर्मेन्द्र पटेल आफुमात्र त्यस भिडियोको सुटिङ्गमा सामेल हुनुभएन सरकारी गाडि समेतको दुरुपयोग गरेको पाईएपछि उहाको आलोचना भैरहेको हो ।

 

सरोज मिश्राको आवाजमा रहेको “मधेशको लाल उडेवाला गुलाल” बोलको भोजपुरी गितको भ्युजिक भिडियोमा मेयर पटेल आफै अभिनय गर्नुभएको छ । सरकारले स्थानिय तहको कार्यवाहि सहज र छिटो बनाउन प्रदान गरेको गाडिको दुरुपयोग हुदा समेत सरोकारवाला निकाय मौन रहेको भन्दै स्थानियले सामाजिक सञ्जालमार्फत आपत्ति जनाईरहेका छन् ।

 

मेयर पटेलले अन्य ब्यक्तिगत गतिबिधिहरुमा समेत प्रदेश १–०२–००१ झ ००२८ नम्बरको सरकारी गाडिको दुरुपयोग गर्ने गरेको स्थानियको आरोप छ । सामाजिक सञ्जालमा आएको उक्त फोटो कुनै म्युजिक भिडियोको नभई स्थानिय स्तरमै भएको होली मिलन समारोहको भएको मेयर पटेलले दाबी गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस