आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मओवादी केन्द्रको केन्द्रीय कमिटी दोश्रो दिनको बैठक सुरु

सुप्रिया ढकाल २०७८ श्रावण ३१, आईतबार (२ साल अघि) ३२१ पाठक संख्या

३१ श्रावण, काठमाण्डौ । नेकपा मओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरू भएको छ । हिजो (शनिबार)बाट शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष प्रस्तुत हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रचण्डको प्रतिवेदनमा छलफलका लागि ११ वटा उपसमूह बनाइएको छ ।

समूहगत रूपमा छलफल पछि टोली नेताहरूले समूहको निश्कर्ष केन्द्रीय कमिटी बैठकमा राख्नेछन् ।

प्रतिवेदनमा प्रचण्डले पार्टीको राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गर्नुभएको छ । केन्द्रीय कमिटीले राष्ट्रिय सम्मेलनको मिति पनि टुंगो लगाउने छ ।

 

प्रतिक्रिया दिनुहोस