आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टेलिकमको फोरजी सेवामा एक वर्षमै थपिए ३९ लाखभन्दा बढी नयाँ ग्राहक

एपी खबर २०७८ भाद्र २७, आईतबार (२ साल अघि) ५४१ पाठक संख्या

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी सेवामा पछिल्लो एक वर्षमै ३९ लाखभन्दा बढी नयाँ ग्राहक थप गरेको छ ।

 

कम्पनीको देशव्यापी रुपमा फोरजी नेटवर्क विस्तार गर्ने परियोजना सम्पन्न हुनै लाग्दा ग्राहक सङ्ख्यामा ठूलो बढोत्तरी देखिएको हो ।

 

 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस (म्यानेज्ड इन्फरमेसन सिस्टम) प्रतिवेदन अनुसार गत वर्षको असार मसान्तसम्म कम्पनीको फोरजी सेवामा आठ लाख ४३ हजार ९६९ ग्राहक रहेका थिए ।

 

त्यसयताको एक वर्षमा कम्पनीले आफ्नो कूल फोरजी प्रयोगकर्ताको संख्या ४७ लाख ४४ हजार ३७५ पुर्‍याएको हो । टेलिकमको फोरजी सेवामा यति धेरै नयाँ ग्राहक थपिएको यो नै पहिलो पटक हो ।

 

उता प्रतिस्पर्धी निजी कम्पनी एनसेल आजियाटा लिमिटेडको तुलनामा तुलनामा भने टेलिकम अझै पछाडि छ ।

 

गएको असार मसान्तसम्म एनसेलको फोरजी नेटवर्कमा ५० लाख ४२ हजार ९९८ ग्राहक जोडिएका छन् । जब कि गत वर्षको असारसम्म कम्पनीका फोरजी ग्राहक ३७ लाख ४६ हजार ९९० को सङ्ख्यामा रहेका थिए ।

 

यस अवधिमा एनसेलको फोरजी ग्राहक आधार १२ लाख ९६ हजार भन्दा बढीले वृद्धि भएको छ । अर्कोतर्फ स्मार्ट टेलिकम प्रालिको फोरजी प्रयोगकर्ता एक लाख ६६ हजार ७४६ पुर्‍याएको छ । जब कि गत वर्ष कम्पनीको फोरजी सेवामा दुई लाख तीन हजार १४८ ग्राहक रहेका थिए ।

 

 

 

 

 

टेकपानाबाट साभार गरिएको।

प्रतिक्रिया दिनुहोस