आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साईकलको पैसामा भ्रष्टाचार, अख्तियारले लग्यो मुख्यमन्त्री कार्यालयको फाईल

एपी खबर २०७८ आश्विन १३, बुधबार (२ साल अघि) ३९७ पाठक संख्या

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारर अनुसन्धानका लागि फाइल लगेको छ ।

बुधबार तीन घण्टा छापा मारेको अख्तियारले साइकल वितरण कार्यक्रमको फाइल अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तरगतको साइकल वितरण कार्यक्रमममा अनियमिता भएको भन्दै उजुरी परेको थियो । कर्मचारीसँग गरिएको सोधपुछ, कागजात अध्ययन र फरक फकर विवरणको कारण फाइल नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको कार्यालयका उपसचिव मेघनाथ घिमरेले जानकारी दिनुभयो ।

 

अनुसन्धानको विषय भएको भन्दै थप जानकारी पछि प्राप्त हुने उहाले बताउनुभयो । प्रदेश सरकारले ०७५ मंसिरदेखि प्रत्येक वर्ष कक्षा ८ मा अध्यनरत छात्रालाई साइकल वितरण गर्दै आएका छ । मुख्यमन्त्री कार्यालयले अहिलेसम्म चार चरणमामा साइकल खरिद गरेको छ ।

करिव २९ करोडमा ४१ हजार २६२ थान साइकल खरिद भएको छ । जसमध्ये ०७७ चैतमा ११ करोड १० लाख २९ हजार १८४ रुपैयाँमा १७ हजार २६२ थान साइकलमा खरिद गरेको कार्यालयले जनाएको छ । जसमा उत्पादक कम्पनीको नाम उल्लेख गरिएको छैन । प्रतिसाइकल भ्याटसहित ६ हजार ४३२ रुपैयाँका दरले वीरगन्जको ओम सत्यसाई प्रालिले आपूर्ति गरेको हो ।

दोस्रो चरणमा २७ हजार २६२ थान साइकल खरिद गरेको थियो । दुवै चरणमा एकैखाले साइकल खरिद गरिए पनि मूल्य भने फरक पाइएको छ । कार्यालयका अनुसार पहिलो पटक प्रतिसाइकल ६ हजार ४३२ रुपैयाँ मूल्य परेको थियो । दोस्रो पटकमा ८ हजार ४४६ रुपैयाँ भुक्तानी भएको महालेखाको परीक्षकको प्रतिवेदनमा औंल्याइएको छ ।

 

मुख्यमन्त्रिको अभियान भष्ट्रचारीलाई धन, प्रदेश २ मा अख्तियारको छापा

 

 

प्रतिक्रिया दिनुहोस