आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको सिमरामा सरसफाई कार्यक्रम सम्पन्न

एपी खबर २०७७ कार्तिक २, आईतबार (३ साल अघि) ४६९ पाठक संख्या

बाराको सिमरामा सरसफाई कार्यक्रम सम्पन्न गरीएको छ । क्लिन सोसाइटी नेपालले बडा दशैँको शुभ अवसर पारेर आज घटस्थापनाको दिन सिमराको मुख्य चौकमा रहेको राम मन्दिरको सरसफाई गरी सिमरा बिमानस्थल जानेबाटो सरसफाई गरेको हो ।

 

सरसफाई कार्यक्रममा प्रहरीको संयुक्त टोली सहित स्थानियको सहभागीतामा सडकको फोहर व्यवस्थापन गरिएको छ । दशैँमा बिशेषगरी नवरथा अवधीमा मठ मन्दिरहरुमा दर्शनार्थीहरुको आवतजावत बाक्लो हुने र बिमानस्थलको बाटो हुँदै छिमेकी देश सहित बिभिन्न जिल्लाहरुका मानिसहरु आवतजावत गर्ने हुँदा नगरको सौदन्र्यलाई बिशेष ध्यान दिँदै सरसफाई कार्यक्रमको आयोजना गरिएको सोसाइटीका अध्यक्ष तथा काँग्रेस नगर सभापती श्यामबाबु गुप्ताले बताउनुभयो ।

 

सिमराको सडक सौन्दर्यमा स्थानिय स्वयम नै सचेत हुनुपर्ने भन्दै गुप्ताले नगर कार्यपालीकाले सडक सौन्दर्यलाई केन्द्रित गरेर अभियान संचालन गर्न आवश्यक रहेको धारणा ब्यक्त गरे ।

 

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक राज किसोर साह, शसस्त्र प्रहरी भद्रकाली गणका सशस्त्र प्रहरी निरिक्षक उमेश कार्की, शसस्त्र बेस क्याम्प जीतपुरका इन्चार्ज प्रकास कार्की र ट्राफिक प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरिक्षक बलराम कार्कीको नेतृत्वमा आएका करिब २ सयभन्दा बढी प्रहरीहरुको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस