आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा फेरि एक दम्पतीमाथि धारिलो हतियार प्रहार गरि घाइते बनाईयो

एपी खबर २०७७ कार्तिक २, आईतबार (३ साल अघि) ५७७ पाठक संख्या

रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्वर ५ पतौरामा अन्दाजी ३५ वर्षीय हरेन्द्र साह र उनको श्रीमती शिला देवीमाथि गए राति अज्ञात समूह द्वारा धारिलो हतियार प्रहार गरेर दुवै दम्पतीलाई घाईते बनाएको छ ।

 

दुवै जनालाई घाइते अवस्थामा उपचारका लागि गए राति एलएस न्युरो अस्पताल वीरगञ्ज पठाइएको छ ।रातभरिको उपचारपछि दुवैको अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिएको छ।

 

राति १ बजे साह दम्पती सुतिरहेका अवस्थामा अज्ञात मानिसले दुवैमाथि धारिलो हतियारले आक्रमण गरेको थियो ।आक्रमणको ठोस कारण खुल्न नसके पनि घटनास्थलको प्रकृतिअनुसार साहका घरमा चोरी गर्ने उद्देश्यले चोर आएको र जाग्राम भएपछि आफू बच्नलाई दम्पतीमाथि आक्रमण गरेर भागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

प्रनाउ श्रेष्ठले घरमा चोर देखेर शिलादेवीले होहल्ला गर्दा उनमाथि पहिले र हरेन्द्र उठ्दा उनीमाथि पछि आक्रमण भएको बताउँदै घटनामा संलग्नको खोजी तथा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस