आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना रौतहट बाट पक्राउ

अखिलेश कुमार यादव २०७७ कार्तिक ३, सोमबार (३ साल अघि) ११२१ पाठक संख्या

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । रौतहट ईशनाथ नगरपालिका वडा नं. ७ स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रीहरु चेकजाँच गर्ने क्रममा १० लाख नगदसहित एक जना पक्राउ परेका हुन् ।

 

पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ७ का २० वर्षीय दिपक पटेल रहेका छन् । भारततर्फबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको ना ५३ प ६२८४ नं. को मोटरसाइकलमा सवार पटेलले उक्त रकम हेलमेटभित्र लुकाएर ल्याएको पाइएको हो ।

 

प्रहरीका अनुसार पटेलको साथबाट एक हजारको नोट ८ सयवटा र ५ सय रुपैयाँको नोट ४ सयवटा गरि दश लाख रुपैयाँ भेटिएको हो । प्रहरीले थप अनुसन्धानका लागी मोटरसाइकलसहित पटेललाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस