आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पथलैयामा प्रदेश सरकारको सहयोगमा निर्मीत शौचालयको समुदघाटन सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७७ कार्तिक ४, मंगलबार (३ साल अघि) ५८३ पाठक संख्या

पथलैयामा निर्माण सम्पन्न सार्वजनिक शैचालयको सोमबार एक औपचारीक कार्यक्रमका बिच समुदघाटन गरीएको छ । प्रदेश नम्बर २ अन्तरगत भौतिक पुर्वाधार विकास मन्त्रालयको सहयोगमा निर्माण सम्पन्न यस शौचाल्यको समुदघाटन सम्पन्न भएको हो ।

 

खानेपानी तथा सरसफाई कार्यालय बाराका प्रमुख जकीअहमद अंसाारीले यस भवनको रिबन काटेर औपचारीक उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अहमदले पुर्व–पश्चिम राजमार्ग अन्तरगत रहेको यस पथलैयामा प्रदेश सरकारले आवशयक्ताको आधारमा निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएको उहाँले विकासको गतिमा अगाडी बढिरहेको यस उपमहानगरपालिका भित्र यात्रुका साथै पर्यार्पटनको संभावन प्रवल रहेको त्यस कार्यलाई सघाउन प्रदेश सरकारको भुमिका सकारात्मक देखिएको जानकारी दिनुभयो ।

 

भिमेश्वर सामुदायीक बनका अध्यक्ष पेशलकुमार मुल्मीको सभाअध्यक्षतामा सम्पन्न कार्यकममा भिमेश्वर सामुदायीक बन समुहका सचिव शोभा लामा, पथलैया नेयाँ सांस्मृतीक पुचका सचिव सुरेन्द्र श्रेष्ठ, तुल बहादुर गुरुङ  लगाएत पथलैयाका स्थानिय बासिको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस