आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरको बंगालीबाबा मठमा माता दुर्गाको मुती स्थापन गर्न बिहिवार शोभा यात्रा निकालियो

प्रिती कुमारी, जीतपुर २०७७ कार्तिक ६, बिहिबार (३ साल अघि) ६४५ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित केराढोका मठमा रहेको बंगालीबाबा मन्दिरमा माँ भगवतीको मुतीको प्राण प्रतीष्ठाका लागी नगर भित्र शोभा यात्रा निकालिएको छ ।

दुर्गा पुजाको अवसरमा कार्तीक १ गतेदेखि सुरु मुर्ती स्थापाना कार्यको शुक्रवार सप्तमी अर्थात फुलापातीका दिन विशेष पुजा गर्दै आँखा खोल्ने भएकोले त्यसको एक दिन पहिले नगरभित्र शोभा यात्राको आयोजना गरीएको हो ।

बंगालीबाबा मन्दिरबाट शुरु भएको शोभा यात्रामा नगर भित्रका श्रधालु महिला र पुरुषहरुको विषेश उपस्थिती रहेको थियो समितीका सहसचि मुकेश साहले जानकारी दिनुभयो ।

नगर परीक्रमा कार्यक्रममा उपस्थित हुनुभएका जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मन्दिर समितीका सचिव सन्जय साहले यस्ता धार्मीक कार्यले धर्मप्रतीको आस्था जोगीनुका साथै पर्यापर्यटनको पर्वधन समेत गर्ने बताउनुभयो ।

उहाँले पर्यटनको मुख्य संम्भावना रहेको यस उपमहानगर भित्र जीतपुरमा रहेको गढिमाईको मन्दिर र बंगालीबाबाको मठले विशेष प्रतिनिधित्व गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस