आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जानकी मेडिकल शिक्षण अस्पतालमा ईमरजेन्सी सेवा समेत सुचारु रह्न नदिने चेतावनी

एपी खबर २०७७ कार्तिक १२, बुधबार (३ साल अघि) ३९३ पाठक संख्या

जनकपुरधाम; धनुषाको रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा एक महिनादेखि आन्दोलनरत कर्मचारी संगठन आफ्नो माग पुरा नगरेको भन्दै अस्पतालको ईमरजेन्सी सेवा समेत सुचारु रह्न नदिने चेतावनी दिएको छ ।

 

 

दशैँ पेशकी, आठ महिनाको तलब, ६ वर्षदेखिको संचय कोष र हिसाबकिताब माग्दै गएको आश्नि १२ गतेदेखि आन्दोलनमा रहेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिले जिल्ला प्रशासन र प्रहरीसमक्ष भएको सहमती कार्यन्वयन नभए संघर्षका कार्यक्रमलाई निरन्तरर्ता दिँदै आक्सिमक सेवा समेत ठप्प पारिदिने चेतावानी दिएको हो ।

 

 

सहमती कार्यन्वयन गर्नुको सट्टा अस्प्ताल प्रशासनले समितीका संयोजक उमेश यादवलाई स्पष्टिकरण सोधेपछि एक महिनादेखि अस्पतालको प्रशासन शाखा र ओपीडि कक्षमा तालाबन्दी गरिएको थियो ।

 

 

तर प्रशासनसँग मिलिमतो गरी प्रहरीले बुधवार विहान सहमतीको उल्लङ्घन गर्दै प्रशासन शाखाको ताल तोडेको भन्दै कर्मचारी आक्रोशित भएको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक यादवले बताए । ‘सहमती कार्यन्वयनको सट्टामा प्रशासनले फेरि ५ जनालाई हटाउनेगरी चिठी काटिदिएको छ,’ उनले भने

प्रतिक्रिया दिनुहोस