आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोहम्मद पैगम्बरको जन्मजयन्तीको अवसरमा प्रदेश २ मा भोलि सार्वजनिक विदा

एपी खबर २०७७ कार्तिक १३, बिहिबार (३ साल अघि) ४५६ पाठक संख्या

जनकपुरधाम : प्रदेश २ सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म दिनको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

 

 

यो बिदा प्रदेश सरकारले पहिला नै तय गरेको थियो । बिक्रम सम्वत् २०७७ सालको बिदाको सूची बनाउने बेला नै प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मिति यकिन गरी एक दिन सार्वजनिक विदा दिने जनाएको थियो ।

 

 

प्रदेश सरकारले २०७७ सालमा यो बिदासहित नेपाल सरकारले तोकेको बिदा दिनबाहेक थप ६ दिन बिदा दिने सूची बनाएको छ ।साउन १९ गते रक्षा बन्धन, साउन २७ गते कृष्णाजन्मष्टमी, कात्तिक १४ गते पैगम्बर महम्मदको जन्म दिन, पुस ४ गते विवाहपञ्चमी, माघ ५ गते मधेस आन्दोलन स्मृति दिवस र चैत १७ गते होली पर्वको बिदा दिने सूची प्रदेश सरकारले बनाएको हो ।

प्रतिक्रिया दिनुहोस