आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हेली वर्डको परिक्षणको तयारी पुरा !!!

सबिर आलम २०७७ चैत्र १८, बुधबार (३ साल अघि) ५२६ पाठक संख्या

तपाईलाई चरा जस्तै उडने मन छ ? यदि छ भने तपाईको आकाँक्षा पूरा हुन सक्छ, र त्यो आकाँक्षा पूरा गर्नेछ्न जलन्धर शर्माले, बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वाडा न. ४ गँगानगर बस्ने २६ वर्षिय जलन्धर शर्माले मिति २०७७ चैत २० शुक्रबारको दिन आफुले निर्माण गरेको हेली वर्डको परिक्षण गर्ने भएको छ ।

 

शर्मा मात्र कक्षा दश सम्म अध्य्यन गरेका छ्न । उनको सानै देखि केही न केही यन्त्र बनाउने चाहना थियो । सात कक्षामा पढ्दा उनले प्लास्टिकको बोतललाई काटकुट गरि उडने हेलिकप्टर बनाएर आफ्नो प्रतिभाको परिचय दिए । त्यसपछि उनले सन. २०१६ मा (Online Power Supplier) अनलाइन पावर सप्लायर मेसिनको सफल परिक्षण गरे जुन संसारको कुनै पनि ठाउँबाट बिधुतीय उपकरणहरुलाई मोबाइलको माध्यमबाट बिना ईन्टरनेट कनेकशन अर्थात बिना पैसाको पावर औन र अफ गर्न सकिन्छ भने सिद्धान्तमा निर्माण गरे तर दुर्भाग्यले उनको प्रतिभालाई देशले चिन्नै सकेको छैन ।

 

उनका सबै खोज मानव जीवनको दैनिकीसँग जोडिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उनले आफ्नो धेरै योजना यथावत राखेका छन । उनी आर्थिक सहयोग नपाएर निराश बनेका छन तर उनको अठोट टुटेको छैन,शर्मा भन्छ्न मैले आफ्नो लागि भन्दा देशको लागि केही गर्न खोजेको छु । विज्ञान तथा प्रविधिको क्षेत्रमा नविनतम खोज र अविस्कार गरेर देशको नाम विश्वभर चिनाउन चाहन्छु । जलन्धर शर्माले मानिसलाई चारा जस्तै आकाशमा उडाउने यन्त्र बनाउछु भने विश्वास र अठोटका साथ पुनह आफ्नै खर्चमा विगत १ वर्ष देखि “हेली वर्ड“ बनाउदै आएका थिए ।

 

यसको आधा भाग हेलिकप्टरको र आधा भाग चाराको जस्तो देखिने आकारको रहेको छ। जसको परिक्षणको तयारी पूरा भईसकेको र आउदो शुक्रवारको दिन परिक्षण गरिने शर्माले जानकारी दिनु भएको छ । शर्माका अनुसार यो कसैको नक्कल नगरी आफ्नै नियम र सिद्धान्तमा बनाएको र यसको तौल २२० पन.भइ दुई जना व्यक्तिलाई बोक्न सक्ने (१५०–१७५ पन.) तथा ५०० देखि ६०० मिटर रन्वे र टेकअप स्पिड ७० देखि ८०फ.÷ज को रफ्तार तथा हावामा उडिसकेपछी १००देखि २००किलोमिटर प्रतिघान्टाको रफ्तारमा आफ्नो ईच्छा र क्षमताको अनुसार उडाउन सकिने छ । १२०– १५० किलोमिटरमा १लिटर ईन्धन खपत हुने र ३० मिनेटमा बारा जिल्लाबाट काठमाडौ जान सकिने क्षमता रहेको दाबीगर्नु भएको छ। साथै अहिले आएर सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख श्री विजय शंकर यादवले केही आर्थिक सहयोग गरेका छ्न, त्यस्तै पचरौता नगरपालिकाका नगर प्रमुख रमेश यादव र आदर्श कोतवाल गाउँपालिकाका गा.पा.प्रमुख मुस्तुफा अन्सारीले पनि सक्दो सहयोग गरेको शर्माले बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस