आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सगरमाथा मोटर्सद्धारा TVS ब्राण्डको  Apache 160 2V लञ्च

एपी खबर २०७८ भाद्र ३, बिहिबार (२ साल अघि) ५८३ पाठक संख्या

बारा ।बाराको जितपुरसिमरा उपमहानगरपालीका ७ जितपुरस्थित सगरमाथा मोटर्सले TVS ब्राण्डको नया मोडल लञ्च गरेको छ ।

 

TVS बाईक एण्ड स्कुटरको जितपुरमा आधिकारी बिक्रेता सगरमाथा मोटर्सले एक कार्यक्रमको आयोजना गरी Apache RTR 160 2V बाईक लञ्च गरेको हो । TVS ब्राण्डका सबैखाले बाईक तथा स्कुटर बिक्रिवितरण गर्दै आएको सगरमाथा मोटर्सका सञ्चालक दिनदयाल चौधरीले जानकारी दिनुभयो ।

 

नया मोडल लञ्च भएकै दिन बाराका श्रवण बैठाले यस मोडलको बाईक खरीद गर्नुभएको चौधरीले जानकारी दिनुभयो । TVS बाईकप्रति युवाहरुको रुचि बढ्दै गएको अवस्थामा Apache युवाहरुको रोजाई बनिरहेको चौधरीले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस