आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छापामारीको रिपोर्टीङ्ग गर्दा प्रहरीद्धारा पत्रकारको भिडियो डिलिट

सुप्रिया ढकाल २०७८ भाद्र २६, शनिबार (२ साल अघि) ३५० पाठक संख्या

बारा । निजगढ स्थित एक होटलमा प्रहरीले गरेको छापामारीको रिपोटिङ्ग गर्ने क्रममा प्रहरीले पत्रकारको मोवाईल खोसेर भिडियो डिलेट गरेको छ । निजगढ बजारस्थित होटल तारा इनमा प्रहरीले नियन्त्रणमा लिएका एकजना व्यक्तिको भिडियो किन खिचेको भन्दै भिडियो डिलेट गरेको हो ।

 

होटलमा ‘रेड’ हानेको विषयमा समाचार संकलन गर्न पुगेकी न्यूज २४ की बारा संवाददाता एवं नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष लक्ष्मि पाण्डेको मोवाईलमा रहेको भिडियो डिलेट गरेको हो । प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा लैजादै गरेको भिडियो खिच्ने क्रममा सादा पोशाकमा रहेका प्रहरीले मोवाईल खोसेर भिडियो डिलेट गरेको हो । पत्रकारको मोवाईल खोसेर दुव्र्यवहार गरेको घटनाप्रति पत्रकार अगुवाहरुले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारीले भत्सना गर्नुभएको छ ।

 

त्यस्तै नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष गुरुप्रसाद गौतमले प्रहरीले स्वतन्त्र प्रेसमाथि गरेको व्यवहार निन्दनीय भएको बताउनुभयो । उहाहरुले घटनामा संलग्नलाई कारबाहीको समेत माग गर्नुभएको छ । ठुलो संख्यामा प्रहरी होटलमा परिचालन भएको छ । तर प्रहरीले कसलाई किन नियन्त्रणमा लिएको हो भन्ने बारे गोप्य राखेको छ । प्रहरीले होटलमा अन्य व्यक्तिलाई प्रवेशमा समेत रोक लगाएको छ ।

 

सादा पोशाकमा रहेका प्रहरी टोलीसंगै ईलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी दिउसो भ्यान होटलमा पुगेको थियो । तर जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले कुरा गर्दैै आफुलाई जानकारी नभएको बताउनुभयो ।

 

‘ठुलै घटनासंग सम्बन्धि अपराधि पक्राउ परेको भएको छ,’ ईलाका प्रहरी कार्यालय निजगढ स्रोतले भन्यो–अहिले अनुसन्धान भईरहेको छ ।’

प्रतिक्रिया दिनुहोस