आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाल दिवशको अवसरमा राष्ट्रिय सामुदायिक शिक्षा सदनद्धारा साईकल ¥याली

सुप्रिया ढकाल २०७८ भाद्र २९, मंगलबार (२ साल अघि) ६४३ पाठक संख्या

बारा । ‘विपद्मा बालअधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ आज देशभरी बालदिवश मनाईएको छ ।

 

दिवशको अवसरमा बाराको जितपुरसिमरा उपमहानगरपालीका १५ डुम्मरवानास्थित राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन र साना किसान शिक्षा सदन बिद्यालयले साईकल ¥याली सम्पन्न गरेको छ ।

 

बिद्यार्थीहरुले बिभिन्न चेतनामुलक नाराहरु लेखिएको प्लेकार्ड बोकेर साईकलमा वडा नम्बर १४, १५ र १६ परिक्रमा गरेका छन् । बिद्यार्थीहरुले बोकेको प्लेकार्डमार्फत मानिसलाई उसले लगाउने लुगाले होईन बिचारले चिन्न पर्ने, ठूला होटलहरुमा भन्दा हरियो दुबोमा नाचेर सुखको अनुभुति गरे जिबन सार्थक रहने संन्देस दिईएको थियो ।

 

¥यालीमा बिद्यार्थी अगुवाहरु आकृति थेबे, छितिज कुमार, अनिल गौरो, शिक्षकहरु श्याम प्रसाद भटराई, सागर ठाडा, किसोर श्रेष्ठ लगाएत बिद्यार्थी, शिक्षकहरुको उपस्थिती रहेको बिद्यालय बयावस्थापक बिदुर खडकाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस