आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हरित वडाको अवधारणसहित औराहामा बृक्षारोपण कार्यक्रम सुरु

सुप्रिया ढकाल २०७८ भाद्र २९, मंगलबार (२ साल अघि) ३४६ पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालीका ४ लाई २४ वटै वडामा नमुना वडा बनाउने योजना सहित आजदेखी औराहामा बृक्षारोपण कार्यक्रमको शुभारम्भ गरीएको छ ।

 

वडा कार्यालयको आयोजनामा औराहा चौक देखि दक्षिण शिव मन्दिर जाने सडकको दुवैतर्फ वृक्षरोपणको सुरुवात गरिएको हो । ज्येष्ठ नागरिकद्धय प्रगतिशित सामुदायिक बनका संस्थापक अध्यक्ष दुर्गाप्रसाद भट्ट र संस्थापक उपाध्यक्ष नेत्रबहादुर खड्काको हातबाट धुपीको बोट रोपेर बृक्षारोपणको शुभारम्भ गरीएको हो ।

 

आज पहिलो दिन औराहा चोकदेखी शिवमन्दिर जाने बाटोमा एक सय वटा ७ फिटे धुपी रोपिएको वडाध्यक्ष भोजबहादुर खत्री ईश्वरले जानकारी दिनुभयो । वडा नम्बर ४ लाई हरित वडा बनाउने उद्धेश्यले वडाकै सानो बजेटबाट बृक्षारोपण सुरु गरीएको वडाध्यक्ष ईश्वरले बताउनुभयो । उक्त सडकमा करिब ५ सयवटा बिरुवा आवश्यक पर्ने अनुमान गरीएको उहाले बताउनुभयो ।

 

रोपिएको बिरुवको संरक्षण तथा मलजलको जिम्मा स्थानियलाई नै दिईने हुदा आज आयोजित बृक्षारोपण कार्यक्रममा स्थानियको उत्साहजनक उपस्थिती रहेको ईश्वरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस