आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सामा जिपको ठक्कर बाट एक बालकको मृत्यु

एपी खबर २०७९ फागुन ९, मंगलबार (१ साल अघि) १३० पाठक संख्या

पर्सा : पर्साको ठोरी गाउँपालिका- ४ मा आज जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय दिलबहादुर श्रेष्ठका १३ वर्षीय छोरा विश्वास रहेका छन्।दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा तराई अस्पताल वीरगञ्जमा बिहान सवा १० बजे मृत्यु भएको हो।

 

कोचिङ पढी घर फर्कने क्रममा बालकलाई बागमती प्रदेश-०१-०२६च ०३०३ नम्बरको स्कारपियोले आज बिहान साढे ८ बजे ठक्कर दिएको हो। ठक्कर दिने जीपसहित चालकलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस