आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जिल्ला स्तरीय ७ औं कराते प्रतियोगिता आज देखि शान्ति टोल मैदानमा सुरु

एपी खबर २०७९ फागुन १२, शुक्रबार (१ साल अघि) १५० पाठक संख्या

सिमरा :जिल्ला स्तरीय ७ औं कराते प्रतियोगिता शुक्रबार देखि जीतपुर स्थित शान्ति टोल मैदानमा सुरु भएको छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरको आयोजनामा शुक्रबाट सुरु भएको ७ औं जिल्ला स्तरीय कराते प्रतियोगिता शनिबार सम्पन्न हुने भएको छ ।

शान्ति टोल मैदानमा सुरु भएको कराते प्रतियोगितामा बैनर पढेर कार्यक्रमको प्रमुख अतिथि समेत रहेको मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य चौधरीले जटिल अवस्थामा पनि नेपाल सितोरियो कराते शाखा डोजो जीतपुले जिल्ला भरि आफ्नो बेग्लै पहिचान बनाएको बताउनु भएको थियो । त्यस्तै उहाँले आउदो दिनमा नेपाल सितोरिया कराते डोजो शाखा जीतपुरलाई आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

जीतपुर भित्र संचालनमा रहेको बिद्यालयको बिद्यार्थीहरुले आज बिहानै नगर परिक्रमा गरेर शान्ति टोल खेल मैदानमा आएर नृत्य समेत प्रस्तुत गरेको थियो । कार्यक्रमो विशिष्ट अतिथि समेत रहेकी जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा सदस्य सिता उप्रेतीले वडा स्तरीय बजेट बाट ७ औं जिल्ला स्तरीय कराते प्रतियोगिता गराउनको लागि नेपाल सितोरियो कराते डोजो शाखालाई १ लाख ४० हजारको खेलकुद सामाग्री उपलब्ध गराएको बताउनु भएको थियो । उहाँले आउदो दिनमा पनि वडा स्तरीय बजेट बाट डोजो शाखालाई आवस्यक पर्ने सहयोग गर्ने समेत बताउनु भयो ।

७ औं जिल्ला स्तारीय कराते प्रतियोगिताको अनुमानित खर्च ४ लाख ३५ हजार ५ सय रुपैयाँ रहेको डोजो शाखा जीतपुरको अध्यक्ष एवं प्रशिक्षक मनोज साहले बताउनु भएको थियो ।उक्त प्रतियोगितामा अमलेखगंज,सिमरा,डुमरवाना,रमौली छातापिपरा,रामबन, जीतपुर र कलैया गरि ८ टिमको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।


कराते प्रतियोगिताको उद्घाटन कार्यक्रममै २८ नम्बर बाहिनी आडाको प्रमुख सेनानी सुबाश श्रेष्ठलाई जीतपुर डोजो शाखाको प्रशिक्षक मनोज साहले सम्मान गर्नु भएको थियो । मनोज सहाको सभा अध्यक्षतामा सुरु भएको कार्यक्रममा जीतपुरको बिभिन्न बिद्यालयको शिक्षक ,शिक्षिका,जनप्रतिनिधि लगाएत खेलकुद प्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस