आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दिलीप महतो हत्या प्रकरणका मुख्य अभियुक्तलाई २५ वर्ष कैद सजाय

एपी खबर २०७९ फागुन १२, शुक्रबार (१ साल अघि) १२८ पाठक संख्या

काठमाडौं : क्रसर व्यवसायीहरुले गर्दै आएको अवैध उत्खनन रोक्न खोज्दा हत्या गरिएका दिलीप महतोलाई मनसायपूर्वक हत्या गरिएको विषयमा सजाय निर्धारण गरेको छ। जिल्ला अदालत धनुषाले केही साताअघि हत्या भएको ठहर गरेको थियो।

 

शुक्रवार जिल्ला अदालत धनुषाले मुख्य अभियुक्त विपिन महतो र मुनिन्द्र महतोलाई जनही २५ वर्ष कैद सजाय निर्धारण गरेको हो। त्यस्तै हत्याका मतियार ठहरिएका जितेन्द्र महतोलाई १२ वर्ष कैद र साढे २ लाख जरिवाना सुनाएको छ।

 

जिल्ला अदालत धनुषाले दिलीपको हत्यामा विपिनकुमार महतो, मुनिन्द्र महतो र जितेन्द्रकुमार महतोलाई दोषी ठहर गरेको हो। जिल्ला न्यायधीश चित्रबहादुर गुरुङको एकल इजलासले दिलीपको हत्यामा विपिन र मुनिन्द्रलाई प्रमुख कसुरदार र जितेन्द्रलाई मतियारको रुपमा ठहर गरेको थियो।दिलीपको हत्यामा संलग्न रहेको आरोप लागेका शत्रुधन महतो, सत्यनारायण महतो, विनोद महतो र रोशनकुमार यादवलाई भने अदालतले सफाई दिइएको थियो।

प्रतिक्रिया दिनुहोस